काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठक ३ दिनसम्म चल्ने बताइएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक परिस्थितिको ब्रिफिङ गर्ने र पोखरामा आएर रोकिएको जागरण अभियानलाई निरन्तरताबारे छलफल गर्ने र केन्द्रीय समितिको मिति तय गर्ने बताइएको छ ।
साथै पार्टीभित्र उपमहासचिव शर्माले उठाएको विषयमा समेत छलफल हुने जनाइएको छ । छलफलका लागि प्रत्येक सदस्यलाई १५ मिनेटको समय दिइएको बताइएको छ ।
प्रतिक्रिया