काठमाडौं–सामसङले नेपालमा नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच–८ सिरिज सार्वजनिक गरेको छ । यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोड्ने जनाइएको हो । दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ ।
ग्यालेक्सी वाच–८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसर सहित जडित छ । यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ । यसमा रहेको रनिंग कोचले तपाईको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ ।
साथै, तपाईको करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिन्छ । जेमिनी एआईको सहायताले तपाईले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सक्नुहुन्छ । सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिन्छ ।
ग्यालेक्सी वाच–८ ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्य केन्द्रित बनाएको छ । ग्यालेक्सी वाच–८ क्लासिक ४६ एमएम व्हाइटको मूल्य ७४ हजार ९ सय ९९ रुपैयाँ पर्दछ । ग्यालेक्सी वाच–८ ४० एमएम ग्रेफाइटको मूल्य ५४ हजार ९ सय ९९ रुपैयाँ पर्दछ भने ४४ एमएम ग्रेफाइट एवं सिलभरको मूल्य ५९ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया