काठमाडौं–स्मार्टफोनको ब्रान्ड इन्फिनिक्स नेपालले दुई नयाँ ग्राहककेन्द्रित पहलहरूको घोषणा गरेको छ । प्रयोगकर्ताको अनुभवलाई अझ समृद्ध बनाउने एवं उपभोक्ताको मनमा शान्ति दिलाउन उक्त पहलकदमीको घोषणा गरिएको हो ।
इन्फिनिक्सले अझै पनि द्यबलम द्दण् कनेक्टिभिटी सपोर्ट प्रदान गर्दै आइरहेको छ । जसले नेपालका उच्च भू–भागमा समेत भरपर्दो नेटवर्क पहुँच सुनिश्चित गर्छ ।
सबै इन्फिनिक्स उपकरणहरूमा १८ महिनाको विस्तारित वारेन्टी उपलब्ध हुनेछ । सुविधाले ब्रान्डको गुणस्तर, भरपर्दोपन र ग्राहक सन्तुष्तिप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।
उपभोक्ताहरूले डिभाइसको थप सुरक्षासहित इन्फिनिक्स स्मार्टफोनका सबै विशेषताहरू आत्मविश्वासका साथ प्रयोग गर्न सक्नेछन् । वारेन्टी सुविधाको अतिरिक्त, इन्फिनिक्सले एकपटकको निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफर पनि ल्याएको छ ।
HOt 50i, Smart 10f, Smart 10 Plus, GT20 Pro, Gt 30 Pro, Note 50x तथा अन्य सबै नयाँ मोडेलहरू खरिद गर्ने ग्राहकहरूले उपकरण सक्रिय भएको मितिबाट १०० दिनभित्र एकपटक निःशुल्क स्क्रीन रिप्लेस गराउन सक्नेछन् ।
योजना २०८२ असार १७ गतेदेखि कात्तिक १४ गतेसम्म (१ जुलाई–३१ अक्टोबर २०२५) लागू हुनेछ । ग्राहकलाई कुनैपनि आकस्मिक स्क्रिन क्षतिबाट सुरक्षा सुनिश्चित गर्छ ।
प्रतिक्रिया