रौतहट–चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि शनिबार हुने २८ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष उदय नारायण सापकोटाको पक्षमा व्यवसायीहरूको समर्थन बलियो हुँदै गएको छ ।
संघको नव निर्मित भव्य भवनमै हुने अधिवेशनमा सापकोटालाई नै पुनः अध्यक्षमा निरन्तरता दिनुपर्ने आवाज व्यापारी समुदायबाट व्यापक रूपमा उठेको जनाइएको हो । व्यापारीका हक र हितको संरक्षण गर्दै उल्लेखनीय कार्य गर्दै आएका सापकोटाको कार्यकालमा संघले ऐतिहासिक प्रगतिहरू गरेको बताइन्छ ।
संघको आफ्नै भवन निर्माण सम्पन्न गर्नु, सदस्य व्यापारीहरूको समस्या समाधानमा सक्रिय भूमिका खेल्नु, नीतिगत सुधारमा पहल गर्नु लगायतका कामले उनलाई व्यापारीको मन जित्न सफल बनाएको छ ।
प्रतिक्रिया