काठमाडौं मेडिकल कलेज पुनः सञ्चालनमा, सेवामा विशेष छुटको व्यवस्था

शुक्रबार, १६ साउन २०८२, १६ : २०

काठमाडौं–काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आएको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल साउन १६ गते देखि पुनः सञ्चालनमा आएको हो ।

काठमाडौं मेडिकल कलेजले प्रारम्भिक चरणमा निः शुल्क ओपीडी सेवा प्रदान गर्ने भएको छ । अर्को सूचना जारी नभएसम्म निरन्तर निःशुल्क रुपमा उपलब्ध गराइनेछ । अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रुपमा विशेष छुटको व्यवस्था गरिएको छ ।

विशेषज्ञ सेवा अन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सेवा निःशुल्क गरिएको छ ।

आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालन रहनेछ । एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स–रे र फिजियोथेरापी सेवामा पनि छुट दिइनेछ । 
 

 
शुक्रबार, १६ साउन २०८२, १६ : २०

प्रतिक्रिया