नहरले बगाउँदा वृद्धको मृत्यु

शुक्रबार, १६ साउन २०८२, १६ : ५८

काठमाडौं- पाल्पाको रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । 

रामपुर–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए । घरबाट एक्लै निस्किएका उनी रामपुर–५, बेझाँडस्थित नहरको दुई नम्बर शाखामा बग्दै गरेको अवस्थामा भेटिएका हुन् ।  

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 
 
शुक्रबार, १६ साउन २०८२, १६ : ५८

प्रतिक्रिया