स्थायी समिति बैठकमा जनार्दनबारे प्रचण्ड : बाहिर बोल्नु राम्रो भएन

शुक्रबार, १६ साउन २०८२, १७ : ४४

काठमाडौं– नेकपा(माओवादी केन्द्र)को शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रको अन्तरविरोधबारे छलफल भएको छ ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आन्तरिक विषयमा सार्वजनिक रुपमै टिप्पणी गर्दा राम्रो सन्देश नगएको बताएका हुन् ।

पार्टीभित्र छलफल र बहस गर्ने प्रशस्त मौका दिँदादिँदै बाहिर गएर बोल्दा जनमानसमा भ्रम उत्पन्न हुने भन्दै उपमहासचिव जनार्दन शर्मालाई सचेत गराएको ती नेताले बताए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने,  ‘पार्टीमै छलफल र बहस गर्न सबैलाई छुट छ। तर, जनार्दनजीले सार्वजनिक रूपमा जे बोल्नुभयो, त्यसले राम्रो सन्देश गएको छैन।’

शुक्रबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने बताइएको छ । पार्टीमा केही समयता अध्यक्ष प्रचण्ड र शर्माबीचको विवाद सतहमा आएपछि स्थायी समिति बैठकमै छलफल भएको हो ।

 
 
शुक्रबार, १६ साउन २०८२, १७ : ४४

प्रतिक्रिया