बन्धक मुक्त नभएसम्म युद्ध जारी रहने इजरायली सेना प्रमुखको चेतावनी

शनिबार, १७ साउन २०८२, १७ : ०५

काठमाडौं- इजरायलका शीर्ष जनरल इयाल जमीरले  प्यालेस्टिनी इलाकामा बन्धकहरूको छिटो रिहाइ गर्ने वार्ता असफल भएमा गाजामा लडाइँ जारी रहने चेतावनी दिएका छन् । 

सेना प्रमुख लेफ्टिनेन्ट जनरल जमीरले गाजाका अधिकारीहरूलाई सम्बोधन गर्दै विज्ञप्ति मार्फत आगामी दिनमा बन्धकहरूको रिहाइका लागि सहमतिमा नपुगे यद्ध जारी रहेन बताएका हुन् ।

इजरायली सेनाले सार्वननिक गरेको फुटेजमा जमीरले कमान्ड सेन्टरमा सैनिक र अधिकारीहरूलाई भेट्दै गरेको देखाइएको छ ।

प्यालेस्टिनी सशस्त्र समूहहरूले यस हप्ता बन्धकहरूकोे दुईवटा भिडियोहरू सार्वजनिक गरेको जनाइएको छ । 

यस अघि युक्त राज्य अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा–युद्धविराम र बन्दकहरुको रिहाइको लागि आयोजित वार्ता सफल हुन नसके पछि हाल युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढी रहेको छ । 

यसैबिच सहायता एजेन्सीहरूले गाजानहरुले सहायतामा इजरायली प्रतिबन्धले उत्पन्न विनाशकारी अनिकालको सामना गरिरहेको चेतावनी दिएका छन् । तथापि, जमीरले यी आरोपहरूलाइ अस्वीकार गर्दै गाजाका बासिन्दाहरूको हत्या र पीडाको जिम्मेवार हमास  भएको उल्लेख गरेका छन् । -रासस/एएफपी

 
शनिबार, १७ साउन २०८२, १७ : ०५

प्रतिक्रिया