मोरङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले काठमाडौंमा चलिरहेको तस्करीतन्त्र विरुद्ध कठोर संघर्ष गर्ने तयारी भइरहेको बताएका छन्।
राप्रपा बेलबारी नगर अधिवेशनमा उपस्थित भएका किरणले राप्रपालाई नै कमजोर बनाउने षड्यन्त्र भएका कारण आन्दोलन सफल नभएको र अब षड्यन्त्र गर्नेहरूलाई तलैदेखि सफाई गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
किरणले कांग्रेस एमाले माओवादी मिलेर देशमा तस्करी र गुण्डाराज चलाइरहेको र त्यसका विरुद्ध उभिएर जनताको भलाई गर्ने नयाँ राजनीतिक व्यवस्था खडा गर्नु राप्रपाको मुख्य लक्ष्य रहेको बताए ।
सरकारमा जाने सवालमा किरणले आफ्नो स्पष्ट धारणा राख्दै भनेका छन् , ‘जनताको करलाई सदुपयोग गर्ने यन्त्रको रुपमा सरकारलाई लिनुपर्छ । क्षमतावान र नैतिकवान मानिसहरू सरकारमा पुगेर त्यो राज्यकोषलाई जनताको पक्षमा उपयोग गर्न सकेको खण्डमा अन्यथा नहुने समेत उनले बताएका छन्। ’
राप्रपाले वर्तमान राजनीतिक व्यवस्थालाई उपयोग गरेर जनताको अधिकतम सेवा गर्ने प्रयत्न गरिरहेको र काठमाडौँमा कठोर संघर्ष मार्फत लुटतन्त्रलाई ढालेर नयाँ राजनीतिक व्यवस्था खडा गर्ने गरिकन अगाडि बढ्ने लक्ष्यप्रति दृढ रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङ जिल्लाको बेलबारी नगर अधिवेशनबाट धनध्वज लिम्बुको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको छ।
प्रतिक्रिया