सप्तरीमा हवाई फायर गरी लागुऔषध कारोबारी पक्राउ

आइतबार, १८ साउन २०८२, १३ : ५७

काठमाडौं- सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ  । 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै  दुई जनालाई लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुरका विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन्  । सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । सोही क्रममा नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ ।  रासस

 
 
 
 
आइतबार, १८ साउन २०८२, १३ : ५७

प्रतिक्रिया