काठमाडौं— मेटलाइफ नेपालले ‘ग्रेट प्लेस टु वर्क’को मान्यता प्राप्त गर्दै, विश्वभरका उत्कृष्ट कार्यस्थलको सूचिमा आफ्नो स्थान सुरक्षित गरेको छ। यो प्रतिष्ठित प्रमाणपत्र मेटलाइफको नेपालस्थित कार्यालयले ३३ वटा मेटलाइफ बजारहरूसँगै साझा उपलब्धिको रूपमा हासिल गरेको हो।
ग्रेट प्लेस टु वर्क इनडेक्स अन्तर्गत गरिएको विश्वव्यापी सर्वेक्षणमा मेटलाइफका २४ हजारभन्दा बढी कर्मचारी सहभागी भएका थिए। नेपालले उक्त सर्वेक्षणमा ग्लोबल बेन्चमार्कभन्दा धेरै उच्च परिणाम हासिल गर्दै, संस्थाको साझा उद्देश्य, समावेशी सोच, र सकारात्मक कार्यसंस्कृतिको प्रतिबिम्ब प्रस्तुत गरेको छ।
‘यो मान्यता केवल एउटा उपलब्धि होइन, हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो’, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘जब कर्मचारीहरुले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त बनाइएको महसुस गर्छन् तब उनीहरु आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन्र त्यसले हाम्रा ग्राहक, समुदाय र एक–अर्काका लागि ठूलो प्रभाव पार्दछ।’
‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रले मेटलाइफ नेपालको व्यवस्थापन संस्कृतिमा भएको विश्वास, समावेशिता, पारदर्शिता र सशक्तिकरणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। यो उपलब्धिले संस्था भित्रको मानव केन्द्रित नेतृत्व शैली र समर्पित कर्मचारीहरूको भूमिकालाई उजागर गरेको छ।
प्रतिक्रिया