स्थायी समिति बैठकमा जनार्दनको प्रश्नः ३१ लाख जनमत ११ लाखमा झार्ने को हो ?

आइतबार, १८ साउन २०८२, १८ : ०३

काठमाडौं– नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टीको निरन्तर ओरालो यात्राको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन् । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एजेण्डामाथि छलफल गर्ने क्रममा शर्माले पार्टी कमजोर बनाएको नैतिक जिम्मेवारी लिन सुझाउँदै २०६४ को जनमत गुमाएकोमा आत्मालोचना गर्न सुझाएका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनपछि माओवादीको जनमत निरन्तर ओरालो लागिरहेकाले त्यसको प्रचण्डले पनि लिनुपर्ने शर्माले बताएका हुन्।

‘वर्गप्रतिको प्रतिबद्धतामा अध्यक्षज्यूको विचलन आएको छ, संघीयताको स्वामित्व लिन सकिएको छैन, पहिचानको मुद्दा छोडिएको छ,’ शर्माले बैठकमा भनेका थिए, ‘यी सबै कारणबाट हामीले ३१ लाखको जनमत गुमाएका छौं, त्यो फिर्ता गर्न सक्छौं कि सक्दैनौं ?’

शुक्रबारदेखि जारी बैठकमा शर्माले पार्टीभित्र उठाएको नेतृत्व हस्तान्तरणको बहसमा छलफल केन्द्रित भएको थियो । शर्माको एजेण्डालाई समर्थन गर्दै सचिव राम कार्कीले अध्यक्ष प्रचण्ड संरक्षक भएर बस्नुपर्ने बताउँदै रोटेसनमा नेतृत्व परिवर्तन गर्न माग गरेका थिए ।

 
आइतबार, १८ साउन २०८२, १८ : ०३

प्रतिक्रिया