बीमा प्राधिकरणको गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

सोमबार, १९ साउन २०८२, १४ : ००

काठमाडौं- नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले साउन २१ गते बुधबार सो परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको ३ बजेबाट ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।

बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।
 

 
सोमबार, १९ साउन २०८२, १४ : ००

प्रतिक्रिया