एम्बार्क अनम्याथद्वारा नेपालको पहिलो ‘म्याथ म्युसियम’ कार्यक्रम सुरु

सोमबार, १९ साउन २०८२, १५ : ०७

काठमाडौं- एम्बार्क अनम्याथले नेपालमा पहिलोपल्ट स्कूल भित्रै ‘म्याथ म्युसियम’ कार्यक्रम सुरु गरेको छ । 

यस नयाँ पहलले गणितलाई पाठ्यपुस्तकबाट बाहिर निकालेर व्यावहारिक सिकाइमा लैजान्छ । यो कार्यक्रमले विद्यालयहरूलाई जीवन्त गणित केन्द्रमा परिणत गर्छ जहाँ विद्यार्थीहरूले गणितीय अवधारणाहरूलाई छुन, निर्माण गर्न र त्यससँग अन्तरक्रिया गर्न सक्छन् । यसले जिज्ञासा जगाउँछ र विद्यार्थी नेतृत्वको सिकाइलाई बढावा दिन्छ ।

कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भने, “हामीले ‘म्याथ म्युसियम’ मार्फत् गणित भनेको पानामा लेखिएका संख्याहरू मात्र नभई यो आकारहरू, कथाहरू, र सम्भावनाहरूको बारेमा हो भनेर देखाउन चाहन्छौं । जब विद्यार्थीहरूले यस विषयलाई बुझेर अन्वेषण गर्न सक्छन्, तब तिनीहरूले जताततै गणित देख्न थाल्छन् । हाम्रो विश्वास छ कि यो कार्यक्रमले विद्यार्थीहरूको सिकाइसँगको सम्बन्धलाई नै बदल्नेछ ।”

यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ । साथै शिक्षकहरूलाई नयाँ र उपयोगी सिकाउने तरिकाहरू पनि दिनेछ । साथै यसमा सहभागी विद्यालयहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ, जसमार्फत् एम्बार्क अनम्याथसँग मिलेर प्रतिभाशाली विद्यार्थीहरूको क्षमता देख्न सकिन्छ र सामुदायिक कार्यक्रमहरू आयोजना गरी अन्तरक्रियात्मक प्रदर्शनीका लागि छुट्टै ठाउँ दिनेछ । 

यो कार्यक्रम सकिएपछि पनि निरन्तर सहयोग गर्ने र एम्बार्क अनम्याथ ‘म्याथ म्युसियम’ जस्ता कार्यक्रमलाई विद्यालयको सिकाइको स्थायी हिस्सा बनाई हरेक विद्यार्थीमा गणितप्रतिको आजीवन माया जगाउने वातावरण सिर्जना गर्ने एम्बार्क अनम्याथले बताएको छ । 
 

 
 
सोमबार, १९ साउन २०८२, १५ : ०७

प्रतिक्रिया