माओवादीको छैटौं वरियतामा पासाङ

सोमबार, १९ साउन २०८२, १५ : २२

काठमाडौं– नेकपा(माओवादी केन्द्र)को सक्रिय राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पासाङलाई पार्टीमा छैटौं वरियता दिइएको छ । शुक्रबारदेखि जारी माओवादी केन्द्रको स्थायी समिति बैठक सकिए लगत्तै पार्टीको वेबसाइट अपडेट गरी पूर्वराष्ट्रपति पासाङलाई छैटौं वरियतामा राखिएको जानकारी दिइएको हो ।

यस अघि पासाङलाई पार्टीको उपाध्यक्ष र उत्पादन विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो । एमालेले पुनकै कार्यकालमा राष्ट्रपति भएकी विद्या भण्डारीलाई सक्रिय राजनीतिमा बन्देज लगाए पनि माओवादीले भने  उनलाई सक्रिय राजनीतिमा भित्र्याउने निर्णय गरेको थियो ।

 
 
सोमबार, १९ साउन २०८२, १५ : २२

प्रतिक्रिया