तेह्रथुम पावरको अवितरित हकप्रद सेयर लिलाम बिक्री खुला

मंगलबार, २० साउन २०८२, ११ : १३

काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेड ले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ बराबर १ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि साउन २७ गतेदेखि भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद तोकिएको छैन।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगर, बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 
मंगलबार, २० साउन २०८२, ११ : १३

प्रतिक्रिया