सन नेपाल लाइफको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

मंगलबार, २० साउन २०८२, १२ : २३

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । 

कम्पनीले भदौ १ गतेदेखि लागू हुनेगरी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई पुनः सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

यसका लागि कम्पनी र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच साउन १६ गते सम्झौता समेत भएको छ । यससँगै कम्पनीको सम्पूर्ण सेयर रजिष्ट्रार सम्बधी कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

 
मंगलबार, २० साउन २०८२, १२ : २३

प्रतिक्रिया