एमालेमा विद्या–ओली टकराव

विद्याको राजनीतिक गतिविधि थप तीव्र, मदनको चुनावी प्रचार कार्यालयमै खोलिन् सम्पर्क कार्यालय

विहीबार, २२ साउन २०८२, १६ : १०

काठमाडौं– नेकपा(एमाले)ले पार्टी राजनीतिमा आउन बञ्देज लगाउने उद्देश्यले सदस्यता नवीकरण रोकेपनि पूर्वउपराष्ट्रपति विद्या भण्डारीले राजनीतिक सक्रियता कायम राखेकी छिन् ।

मदन भण्डारी फाउन्डेशनको माध्यमबाट राजनीतिक गतिविधि अघि बढाइरहेकी भण्डारीले अब आफ्नै सम्पर्क कार्यालय समेत खोलेर समानान्तर गतिविधि गर्दै थप सक्रियता बढाउन लागेकी छिन् । फाउन्डेसनले जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउने तयारी गरिरहेको छ । त्यसै मार्फत भण्डारीले आफ्नो सक्रियता बढाउन सम्पर्क कार्यालय खोलेरै राजनीतिक गतिविधिलाई बढवा दिन लागेकी हुन् ।

एमालेको पथप्रदशक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता पति मदन भण्डारीले ४८ सालमै चुनावी सम्पर्क कार्यालय खोलेको भवनमै आफ्नो सम्पर्क कार्यालय खडा गरेकी छिन् ।

काठमाडौंको बानेश्वरस्थित थापागाउँ हाइटमा सम्पर्क कार्यालय स्थापना गर्न घर भाडामा लिएकी छन् । यो घर २०४८ मा मदन भण्डारीले चुनाव प्रचारका लागि प्रयोग गरेका थिए, जहाँबाट उनले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

एमालेका जननेताका रुपमा परिचित जबजको सूत्रधार पति मदन भण्डारीले प्रयो गरेको घरमै विद्याले सम्पर्क कार्यालय बनाउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरले उनलाई रोक्न भगीरथ प्रयत्न गरेपनि त्यसलाई चुनौती दिँदै विद्याले आफ्ना गतिविधिलाई झनै तीव्रता दिइरहेकी छिन् ।

 
 
 
 
विहीबार, २२ साउन २०८२, १६ : १०

प्रतिक्रिया