धादिङको गल्छीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

शुक्रबार, २३ साउन २०८२, ०९ : ४५

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछिआज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । 

पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।

 
शुक्रबार, २३ साउन २०८२, ०९ : ४५

प्रतिक्रिया