अब सरकारी सेवा शुल्कमै काठमाडौं नेशनल मेडिकल कलेजमा प्रसूति तथा स्त्रीरोग सेवा

शुक्रबार, २३ साउन २०८२, ११ : ४६

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल थापथलीेमा बेड क्षमता भन्दा बढी बिरामी भएपछि काठमाडौं नेशनल मेडिकल कलेज पठाउन थालेको छ ।  

बिरामीको चाप बढेर प्रसूति अस्पतालमा उपचार सम्भव नभएको हुँदा देशको विकट ठाउँबाट आउने बिरामीहरूलाई अस्पतालले काठमाण्डौ नेशनल मेडिकल कलेज पठाउन थालेको हो। सरकारी सेवा शुल्कमै उच्च प्रविधि प्रयोग गरी उपचार गरिरहेको कलेजले आफ्नो उद्घाटनको एक साता नपुग्दै यस्तो सेवा दिन थालेको हो ।

२५ वर्षको कार्य अनुभव भएका बस्रुद्धिन अन्सारी प्रबंध निदेशक रहेका सो अस्पतालको प्रमुख कार्यकारी अधिकृत कोे रुपमा २५ वर्षिय जहंगिर अन्सारी रहेका छन्। २२ बर्ष कोे कर्य अनुभवको आधारमा दिलीप साह सो अस्पतालको प्रमुखको रुपमा छन्।

 
 
शुक्रबार, २३ साउन २०८२, ११ : ४६

प्रतिक्रिया