उत्तराखण्ड बाढीमा ७ नेपालीको मृत्यु, बेपत्ता हुनेको संख्या २२ पुग्यो

शुक्रबार, २३ साउन २०८२, १२ : ३२

काठमाडौं- भारतको उत्तराखण्डमा बादल फाट्दा आएको भीषण बाढी र पहिरोमा परि ७ जना नेपालीको मृत्यु भएको छ ।

जाजरकोटको कुशे गाउँपालिका–२, डोब्री पिपलधाराका एकै परिवारका ५ जना, जुम्लाका १ र रुकुम पश्चिमका १ जना गरि ७ नेपालीको मृत्यु भएको हो ।

मजदुरीका लागि गएका धादिङका चार जना पनि भारतको उत्तराखण्ड बाढीमा बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिकाका २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।

उनीहरुको खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा बादल फाट्दा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ ।

सोही बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिहरुमार्फत् जानकारी आएको थियो । धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।

 
 
 
शुक्रबार, २३ साउन २०८२, १२ : ३२

प्रतिक्रिया