काठमाडौँ–नेपालको अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्यैको घोषणा गरेको छ । श्रावण २३ गतेदेखि २९ गते (अगस्ट ८ देखि १४, २०२५) सम्म सञ्चालन हुने यस विशेष किनमेल महोत्सवमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र १ करोड १० लाख रुपैयाँ बराबरको भौचर लगायत अफरहरुका माध्यमबाट अत्यधिक लाभ उठाउन सक्नेभएका हुन् ।
डिल्स हेरेको हेर्ये, अभियानको एक प्रमुख आकर्षणका रुपमा रहने फ्ल्याश सेलमा सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइन लगायतका प्रतिष्ठित ब्रान्डका उत्पादनहरू अत्यन्तै न्यून मूल्यमा उपलब्ध हुनेछन् ।
यसरी उपलब्ध गरिएका अफरहरू दैनिकरुपमा नविकरण हुने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शनमा नियमित अवलोकन गर्न दराजले अनुरोध गरेको छ । डिल्स हेरेको हेर्यै, भन्ने नाराका साथ यस पटकको सेलले नेपाली उपभोक्तालाई नयाँ उमंग र अप्रत्याशित अफरको स्वाद दिलाउनेमा कम्पनी विश्वस्त रहेको छ ।
दराजले ग्राहकहरूको भरोसा जित्ने उद्देश्यका साथ बेस्ट प्राइस ग्यारेन्टि (बीजीपी) कार्यक्रम पनि यस अभियानमा समावेश गरेको छ । यस योजना अन्तर्गत, यदि ग्राहकले कुनै उत्पादन नेपालभित्रका अन्य अनलाइन प्लेटफर्महरूमा यसमा प्रस्तुत गरिको मूल्यका तुलनामा अझ सस्तो मूल्यमा पाउँछन् र लागु गरिएका सर्तहरू पूरा भएमा उत्पादनको मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।
८.८ सेलको अर्को प्रमुख सुविधाका रुपमा छानिएका उत्पादनहरूमा निःशुल्क होम डेलिभरी सुविधा पनि रहेको छ । ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँको खरिद गरेपछि छानिएका विक्रेताबाट घरमै निःशुल्क डेलिभरीको सुविधा पाउन सक्नु हुनेछ ।
यसका लागि भौचर प्राप्त गर्न दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी सम्बन्धित पेजमा गएर संकलन गर्न सकिनेछ । दराजको ८.८ डिल्स हेरेको हेर्यै, अभियान केवल अफर र छुटमा सिमित छैन ।
यो उत्कृष्ट सेवा, सहज भुक्तानी, छरितो डेलिभरी र भरपर्दो रिटर्न प्रणालीका माध्यमबाट सम्पूर्ण किनमेल अनुभवलाई अझ समृद्ध बनाउने प्रयत्न हो । नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको ई–कमर्स अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धताले यो सेललाई विशेष बनाएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया