प्रभु इन्स्योरेन्सद्वारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

शुक्रबार, २३ साउन २०८२, १७ : १०

काठमाडौं–प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । २९ औं वार्षिक साधारणसभाबाट प्रभु इन्स्योरेन्सले उक्त बोनस सेयर घोषणा गरेको हो ।

आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो ।

मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उहा“को भनाई छ ।

अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ । 
 

शुक्रबार, २३ साउन २०८२, १७ : १०

प्रतिक्रिया