काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू(भागका केही र मधेस प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया