दरमखोला हाइड्रो इनर्जीको आईपीओ यही साता बाँडफाँड हुने

आइतबार, २५ साउन २०८२, १५ : ३६

काठमाडौं- दरमखोला हाइड्रो इनर्जीको आईपीओ यहि साता भित्र बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले यही साता भित्रमा आईपीओ बाँडफाँड हुने गरी तयारी गरेको हो ।

कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१० कित्ताका दरले शेसेयर हात पार्नेछन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर हात पार्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ निष्कासन तथा बाँडफाँड गरिसकेको छ ।

बाँकी सेरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गरेको हो । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 
आइतबार, २५ साउन २०८२, १५ : ३६

प्रतिक्रिया