काठमाण्डौ–Google Maps ले डिजिटल नेपाल कन्क्लेभ, २०२५ को अवसर पारेर नेपालमा Street View सुरु गरिएको घोषणा गरेको छ । आजदेखि संसारको कुनै पनि कुनाबाट कसैले पनि Google Maps को Street View चित्र मार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न भएका हुन्।
अब तपाईं काठमाडौंका जीवन्त सडक गल्लीहरूमा टहलिन सक्नुहुन्छ । तपाईं शान्त सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ । तपाईं हिउँले ढाकिएका राजसी हिमालहरूको मनोरम भव्य दृश्य देखाउने घुमाउरा सडकमा भर्चुअल यात्रा गर्न सक्नुहुन्छ ।
यी सबै तपाईंको फोन वा कम्प्युटरबाट सजिलै सम्भव छ । यसले तपाईँलाई अनुभूतिको संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ ।
यस सुरुवातले विश्वलाई नेपाल अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ । नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवद्र्धन गर्न मद्दत पुर्याउनेछ । नेपालका नवीनतम दृश्यहरू हेर्नको लागि, आफ्नो फोन वा कम्प्युटरमा Google Maps खोल्नुहोस् ।
360° view वा पहेँलो Street View pegman मा क्लिक गर्नुहोस् । अनि अन्वेषण सुरु गर्नुहोस् ।
प्रतिक्रिया