काठमाडौं–ओप्पोले नेपालमा A सिरिजको नयाँ ओप्पो A5x आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यसले IP65 स्तरको पानी र धूलो प्रतिरोध, सैनिकस्तरको झटका प्रतिरोध र ६,००० mAh क्षमता भएको ब्याट्री समेटेको हो ।
उद्योगमा पाँच वर्षसम्म लामो टिकाउका लागि तयार गरिएको छ । OPPO A5x को बन्द शरीरले बालुवा, धूलो र छिट्पुट पानी प्रवेश हुनबाट रोक्छ । यसलाई बाहिरी गतिविधि, कडा काम वा अनपेक्षित मौसमका लागि उत्तम बनाउँछ । OPPO A5x मा ६,००० mAh ब्याट्री छ ।
दिनभर चल्ने क्षमता र पाँच वर्षसम्म टिक्ने उद्योगको उत्कृष्ट जीवनकाल बोकेको छ । OPPO को विशेष केन्द्रीकृत–ट्याब ब्याट्री डिजाइनले छिटो चार्ज, कम तताउ, र बढी सुरक्षा सुनिश्चित गर्छ । यो १६.३ घण्टा भिडियो स्ट्रिमिङ, २६.६ घण्टा कल र ४५० घण्टा स्ट्यान्डबाइ समय दिन्छ ।
१७०० चार्ज साइकल पछि पनि ८०५ भन्दा बढी ब्याट्री क्षमता कायम राख्दछ । साथै, यसले ४५ W SUPERVOOC ™ फ्ल्यास चार्ज सपोर्ट गर्छ । २१ मिनेटमा ३०५ र ८४ मिनेटमा पूर्ण चार्ज पुर्याउँछ । ColorOS 15 द्वारा सञ्चालित OPPO A5x मा उन्नत AI फीचरहरू र Google Gemini AI सहायक छन् ।
३२MP अल्ट्रा क्लियर मुख्य क्यामेरा, २MP डेप्थ क्यामेरा, र ५MP फ्रन्ट क्यामेरा AI आधारित इमेजिंग टुलहरू र पोट्र्रेट मोडसँग मिलेर शानदार तस्बिरहरू कैद गर्न मद्दत गर्छ । OPPO को ट्रिनिटी इन्जिनले लामो समयसम्म छिटो र स्थिर प्रदर्शन सुनिश्चित गर्छ ।
OPPO A5x नेपालका सबै रिटेल स्टोरहरूमा १५ अगस्त २०२५ देखि उपलब्ध हुनेछ । मिडनाइट ब्लू र लेजर ह्वाइट रंगहरूमा पाइनेछ । १४,९९९ रुपैयाँमा ४ GB+६४ GB, १७,९९९ रुपैयाँमा ४ GB+२८ GB, १९,९९९ रुपैयाँमा ६ GB+२८ GB मूल्यमा उपलब्ध रहेका छन् ।
प्रतिक्रिया