काठमाडौं–मन्थली सडक अवरुद्ध

बुधबार, ०४ भदौ २०८२, १२ : ०४

रामेछाप– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।  

काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध  भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिए । 

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन् । 

 
बुधबार, ०४ भदौ २०८२, १२ : ०४

प्रतिक्रिया