नेपालमाथि भारत र चीन दुवैको उपेक्षा, नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्ने सहमति

बुधबार, ०४ भदौ २०८२, १३ : १४

काठमाडौं- भारत र चीनले नेपाली भूमि प्रयोग गरी व्यापार गर्ने सहमति गरेका छन् । 

नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नेपाली भूमि लिपुलेकमार्फत व्यापार गर्ने द्विदेशीय सहमति बारे नेपाललाई कुनै जानकारी गराइएको छैन ।

चिनियाँ विदेशमन्त्री यी दुई दिने भारत भ्रमणपछि मंगलबार जारी विज्ञप्तिमा १२ बुँदे सहमतिको विषयहरु सार्वजनिक गरिएको छ । 

त्यसमा नेपाली भूमि लिपुलेकमाथि भारत र चीन दुवैले नेपाललाई जानकारी बिना उपयोग गर्ने सहमति गरेर उपेक्षा गरेका छन् ।

भारत अधिनस्थ नेपाली भूमि लिपुलेक, लिम्पयाधुरा र कालापानी नेपाल सरकारले आफ्नो चुच्चे नक्सामा समावेश गरेपनि भूमि भने आफ्नो मातहत ल्याउन सकेको छैन । 

यसबारे नेपाल सरकारले कुनै कूटनीतिक सक्रियता जनाउनुपर्ने जानकारहरु बताउँछन् ।

 
 
 
 
बुधबार, ०४ भदौ २०८२, १३ : १४

प्रतिक्रिया