काठमाडौं- कुवेतमा मृत्यु भएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । नेपाली दूतावास कुवेतले ४ वटा शव नेपाल पठाएर परिवारले बुझिसकेको र एक जनाको शव बिहीबार आउन लागेको छ ।
नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवनबाट केही दिनको फरकमा अघिल्लो साता १२ जनाको मृत्यु भएको थियो । मृत्यु भएका बाँकी श्रमिकको शव पठाउन प्रक्रिया चलिरहेको उनको भनाइ छ ।
अहिले पनि १५ जना बिरामीहरूको कुवेतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जसमध्ये १२ जना आईसीयूमा छन् ।
प्रतिक्रिया