काठमाडौं– नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्ड रवि लामिछानेलाई भेट्न नख्खु कारागार जान लागेका छन् ।
सहकारी ठगी प्रकरणमा पुपक्र्षका लागि थुनामा रहेका रास्वपा सभापति लामिछानेलाई अड्डासार गरी रुपन्देहीबाट नख्खुमा ल्याइपछि प्रचण्ड आज भेट्न जान लागेका हुन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेको पक्षमा रास्वपाले हस्ताक्षर अभियान गरिरहेको छ । प्रचण्डले लामिछानेप्रति सदाशयता देखाउँदै आएका छन् । उनले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताउँदै आएका छन् ।
प्रतिक्रिया