काठमाडौं- नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले संसद, सरकार र न्यायालयका गतिविधिले जनता उत्साहित भइरहेका छन् ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत राज्यका तीन प्रमुख अंगका कामकारबाही र भूमिका प्रति प्रश्न गर्दै त्यसले जनतालाई उत्साहित बनाइरहेको छ ? जवाफदेहीता कहाँ खोजौं ? भन्दै प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, ‘संसद, सरकार र संवैधानि इजलाशका गतिविधिहरुले के नेपाली जनतालाई उत्साहित बनाइरहेको छ ? जवाफदेहीता भन्ने कुरा कहाँ खोजौं ?’
पछिल्लो समय सुशासन कायम गर्न असमर्थ सरकार, सदनको गतिरोध र न्यायालयको न्यायसम्पादनप्रति लक्षित गर्दै शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया