प्रचण्डलाई रविको चिन्ता !

विहीबार, ०५ भदौ २०८२, ०६ : ४२

काठमाडौं- देशभरका करिब पाँच भन्दा बढी सहकारी ठगी प्रकरणमा मुछिएर बुटवलको सुप्रिम सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा पुगेका रास्वपाका सभापति रवि लामिछानेलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नख्खु कारागार पुगेर भेटेका छन् । रुपन्देही कारागारबाट अड्डासार गरी काठमाडौं ल्याइएका लामिछानेलाई बुधबार नख्खु पुगेर प्रचण्डले भेटेका हुन् ।

प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उही मुद्दामा थुप्रैले उन्मुक्ति पाएको र आफूलाई मात्रै लखेटिएको गुनासो गरेका छन् । प्रचण्डका अनुसार भेटमा रविले ३ वटा गुनासो गरेका छन् ।

रविले वर्तमान सत्ता गठबन्धन आफूप्रति अनुदार भएको बताएको प्रचण्डले सुनाए । प्रचण्डले भने, ‘मेरोजस्तो केसमा थुप्रैले उन्मुक्ति पाउने । मलाई मात्रै लखेटियो भन्ने उहाँको पहिलेदेखिको भनाइ नै राख्नुभयो ।’

रविले अदालतले मागेको धरौटी राखेर बाहिरबाटै मुद्दा लड्छु भन्दा नदिएको बताएको प्रचण्डको भनाइ छ । उनले भने, ‘अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि मुद्दा लड्छु भन्दा त्यति पनि सुविधा पाइनँ । सरकार र यो गठबन्धन यति धेरै अनुदार, मप्रति विभेद किन गर्‍यो बुझ्न सकेको छैन ।’

प्रचण्डका अनुसार राजनीतक रुपमा कांग्रेस र एमालेले गरेको व्यवहारले आफू र पार्टीलाई देश फाइदा पुगेको निष्कर्षमा लामिछाने छन् ।

‘उहाँलाई राजनीतिक रुपमा कांग्रेस–एमालेले जसरी व्यवहार गरेको देखिएको छ । त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको रहेछ भन्ने उहाँले राम्रो भएको राम्रो बुझ्नु भएको रहेछ,’ प्रचण्डले भने ।

त्यस्तै, उपसभामुख इन्दिरा रानालाई दुई दललाई बारम्बार झम्टिएको रविको गुनासो छ । रविलाई उदृत गर्दै प्रचण्डले भने ‘जे भएको छ । ठूलो अन्याय भएको छ । निरंकुशतातिर गठबन्धन गएको रहेछ भन्ने बुझाइ रह्यो ।’

उनले इन्दिरामाथिमात्रै अन्याय नभएर संविधान, लोकतन्त्रमाथिको प्रहार भएको बताए । सरकारले गरेको कामले दुई पार्टीको अवस्था जनतामा खस्किएको दाबी गरे ।

 
 
 
विहीबार, ०५ भदौ २०८२, ०६ : ४२

प्रतिक्रिया