राजनीतिक सक्रियता थप बढाउँदै विद्या, आज सम्पर्क कार्यालय उद्घाटन गर्दै

विहीबार, ०५ भदौ २०८२, ०९ : ४७

काठमाडौं–पार्टी सदस्यता नवीकरण रोकेर एमालेले सक्रिय राजनीतिमा पुनरागमन रोके पनि पूर्वराष्ट्रपति विद्या भण्डारी भने आफ्ना राजनीतिक गतिविधहरुलाई थप तिव्रता दिइरहेकी छिन् ।

विभिन्न जिल्लामा पुगेर एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ता भेटघाटदेखि सम्पर्क कार्यालय खोलेरै आफ्ना राजनीतिक गतिविधिहरु अगाडि बढाएकी छिन् ।

 यसैबीच भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएकी छन् । 

भण्डारीले बिहीबार काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याउन लागेकी हुन् । उक्त सम्पर्क कार्यालयको भण्डारी आफैले उद्घाटन गर्दैछिन् । 

 
 
 
विहीबार, ०५ भदौ २०८२, ०९ : ४७

प्रतिक्रिया