बुटवल– रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने प्रकरणमा संलग्न रहेको आरोपमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन् । उनलाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको डिएसपी सुरज कार्कीले जानकारी दिए ।
कँडेल रास्वपाको बागमति प्रदेश समिति सल्लाहकार हुन् । उनले चितवनमा कलेज कोच प्रालि नामको इन्स्टिच्युट सञ्चालन गरेका छन् ।
प्रतिक्रिया