भक्तपुर–खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । नगरकोटमा आयोजना गरिएको आर्थिक वर्ष २०८१ र ८२ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले खानेपानी क्षेत्रमा देखिएका समस्याहरू अझै पनि गम्भीर रहेकाले समाधानका लागि सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्ने बताउनुभएको हो ।
‘खानेपानीका सवालमा अझै पनि गम्भीर चुनौतीहरू रहेका छन् । त्यसैले सबै तहका निकाय र कर्मचारीहरूले कार्यप्रति प्रतिबद्धता, पारदर्शिता र जिम्मेवारी निर्वाह गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘खानेपानीका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक छ ।’
मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले आर्थिक वर्ष २०८१ / ८२ को वर्षीक समिक्षा तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधानका बारेमा तयार गरिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा राट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख अशोक पौडेल, मेलम्ची विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दास, भ्यालीबोर्डका प्रमुख सञ्जिवबिक्रम राणा, पिआइडीका प्रमुख लक्ष्मी उपाध्याय, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, एकिकृत खानेपानी आयोजना प्रमुख सुरत बम, जलवायु खानेपानी आयोजना प्रमुख टिका चौधरी, सह लगानी खानेपानीका उज्वल प्रजापति लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया