भिभोले भि ६० स्मार्टफोन ल्याउने तयारी

शुक्रबार, ०६ भदौ २०८२, १६ : ०६

काठमाडौं–स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो प्रतिष्ठित भि सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप भिभो भि ६० नेपालमा ल्याउने तयारी गरेको छ । भिभो भि ६० मोडेललाई जाइससँगको सहकार्यमा विकसित गरिएको हो ।

सहकार्यमार्फत भिभो भि ६० ले अझ अभिव्यक्तिपूर्ण क्यामेरा अनुभव दिने भएको छ । पोट्र्रेट फोटोग्राफीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । नयाँ जाइस प्रविधियुक्त टेलिफोटो पोट्र्रेट फिचर सहित भि ६० ले विभिन्न फोकल लेन्थमार्फत प्रयोगकर्ताको भावनालाई अझ सटीक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिनेछ ।

अत्याधुनिक एआई क्षमताले अनावश्यक वस्तु हटाउने, पृष्ठभूमि बदल्ने वा गुणस्तरलाई छिट्टै परिष्कृत गर्ने सम्भावना रहेको चर्चा छ । प्रयोगकर्ताको लागि ‘पोर्टेबल स्टुडियो’को रूपमा बुझिन सक्ने अनुमान गरिन्छ । भिभो भि ६० मा मिनिमलिस्टिक क्यामेरा मोड्युल प्रयोग हुने सम्भावना छ ।

पछाडिको भागमा करिब ९% भन्दा कम क्षेत्रफल ओगट्ने छ । स्मार्टफोन मिस्ट ग्रे र बेरी पर्पल गरी दुई आकर्षक रंगमा उपलब्ध हुने छ । भिभो भि ६० मा आई पी ६८/६९ रेटिङ रहने सम्भावना छ । दैनिक प्रयोगमा खस्ने वा ठोक्किने सम्भावनालाई न्यून पार्ने गरी डिस्प्ले अझ मजबुत हुने विश्वास गरिएको छ ।

शक्तिको हिसाबले पनि भि ६० मा भि सिरिजकै सबैभन्दा ठूलो ब्याट्री प्रयोग हुन सक्ने अपेक्षा गरिएको छ । फ्ल्यास चार्ज प्रविधिले छोटो समयमा चार्ज गर्ने सुविधा दिने र नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ प्रोसेसरले स्मूद गेमप्ले, स्मार्ट एफिसियन्सी र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

अत्याधुनिक पोट्र्रेट इमेजिङ, सुन्दर डिजाइन, दीर्घकालीन प्रविधि र उच्च प्रदर्शनसहित, भि ६० ले प्रयोगकर्तालाई नयाँ स्तरको स्मार्टफोन अनुभव दिने अपेक्षा गरिएको छ ।
 

शुक्रबार, ०६ भदौ २०८२, १६ : ०६

प्रतिक्रिया