भारी वर्षाले त्रिभुवन विमानस्थलमा विमान अवतरण हुन नसक्दा आकाशमै होल्ड

शुक्रबार, ०६ भदौ २०८२, १६ : ४२

काठमाडौं- काठमाडौं उपत्यकामा केही बेर अघि देखि परेको भारी वर्षाले त्रिभुवन विमानस्थलमा हवाईजहाजहरू अवतरण गर्न सकेका छैनन् । 

आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू पानी धेरै पर्दा भिजिविलिटीको कारणले होल्ड भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।  

अहिले कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेयज, दिल्लीबाट काठमाडौं आएको भिस्टारा सहित ५ भन्दा बढी आन्तरिक उडानहरू अवतरण हुन नसक्दा आकाशमै होल्ड भएका छन् ।

 
 
शुक्रबार, ०६ भदौ २०८२, १६ : ४२

प्रतिक्रिया