चितवनमा ‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

शनिबार, ०७ भदौ २०८२, १४ : ३०

काठमाडौं- स्क्रब टाइफसबाट आज चितवनमा एक महिलाको मृत्यु भएको छ । 

भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।


यसैबीच, चितवनस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ । 

चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

 
 
शनिबार, ०७ भदौ २०८२, १४ : ३०

प्रतिक्रिया