प्रचण्ड लक्षित जनार्दनको टिप्पणी- कसैले छोड्दैमा यो पृथ्वी चल्छ, केही ढल्दैन

शनिबार, ०७ भदौ २०८२, १८ : ४०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको अभिव्यक्तिको जवाफ फर्काएका छन् । प्रचण्डले बुधवार एक कार्यक्रममा बोल्दै सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए।

उपमहासचिव शर्माले त्यसतर्फ लक्षित गर्दै अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरे। शनिबार काठमाडौंमा आयोजित वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए।

उनले भने,‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन। बोकेको पनि हुँदैन, त्यो त दन्त्यकथा हो। शेषनागले हल्लाइदियो भने भूकम्प आउँछ भन्ने कुरा दन्त्यकथा हो, आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो, त्यसकारण यो पृथ्वी चल्छ, केही ढल्दैन। पृथ्वी कसैले छोड्दैमा ढल्दैन।’

उनले संविधानमा उपलब्ध प्रगति गरेको भएपनि जनताले उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न चुकेको बताए।

शनिबार, ०७ भदौ २०८२, १८ : ४०

प्रतिक्रिया