काठमाडौं- सानिमा जिआईसी इन्स्योरेन्सले पौने ६ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ।
कम्पनीको संस्थापक समूहको ५ लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापकले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
सेयर खरिदका लागि निवेदन काठमाडौंको टंगालस्थित कमपनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ। यसअघि पनि कम्पनीले आफ्ना संस्थापक सेयरधनीहरुलाई ३५ दिनको म्याद दिएर यो सेयर बिक्रीमा राखेको थियो। तर, संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि निवेदन नपरेपछि पुनः १५ दिनको समय दिइएको हो।
अब तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया