काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास लिएका छन् । सोमबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न उनकै निवास हरिसिद्धिमा पुगेका प्रचण्डले पार्टी एकताका लागि स्थायी समितिले निर्णय गरिसकेकाले सोही अनुसार निष्कर्षमा पुग्नेमा विश्वास लिएका हुन् ।
विप्लव निवासमा ४५ मिनेट बसेका उनले राजनीतिक थोरै कुराकानी भएको दुवै पक्षले दाबी गरेका छन् । विप्लवको सचिवालयका अनुसार प्रचण्ड र विप्लवबिच समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने र पार्टी एकतालाई सकारात्मक निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको छ ।
प्रतिक्रिया