काठमाडौं- काठमाडौंमा आन्दोलनरत उखु किसानले सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् ।
शनिवार माइतीघरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन् ।
उखु उत्पादक महासङ्घ, नेपालको अगुवाइमा पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत नेपाल सरकारले उखु किसानलाई दिनु पर्ने अनुदान रकममा बदनियत पूर्ण ढङ्गबाट कटौती गरेको भन्दै विरोधमा उत्रिएका थिए ।
उनीहरूले उखुको मूल्य तोक्दा उखु किसानको सहभागिता सुनिश्चित गर्नका लागी १३ जिल्ला उखु किसानहरूको भाद्र ८ गतेबाट काठमाडौंको माइतीघर मण्डलामा ७ दिन देखि धर्ना एवं विरोध प्रदर्शन गरिरहँदा पनि सरकारले चासो नदिएको गुनासो गरेका छन् ।
प्रतिक्रिया