मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्यः अर्थमन्त्री पौडेल

शनिबार, १४ भदौ २०८२, १६ : ५४

काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् । 

एमाले रुपन्देहीको आयोजनामा आज मर्चवारमा आयोजित बृहत् आमसभामा उनले एमाले देशको नेतृत्व गर्नसक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे । “बलियो पार्टीबिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौँ जनता, पूर्वअध्यक्षसहित एमालेमा प्रवेश गर्नुभएको छ”, पौडेलले भने, “यसबाट म निकै खुसी छु ।”

उनले मर्चवारको विकास एमालेबाट सम्भव रहेको उल्लेख गर्दै आगामी दुई÷चार वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न बनाउने प्रतिबद्धता जनाए । उनले मर्चवारमा अस्पताल, क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए। 

कार्यक्रममा नेताहरूले एमालेमात्र देश विकासको प्रमुख आधार हुनसक्ने निष्कर्ष प्रस्तुत गरेका थिए । मर्चवारका जनताले लामो समयसम्मको उपेक्षापछि देखिएको यसप्रकारको पहललाई आशाको किरणका रूपमा लिएका छन् । 

 
 
 
शनिबार, १४ भदौ २०८२, १६ : ५४

प्रतिक्रिया