काठमाडौं–नेपालको ‘नम्बर वान’ फेसियल हाउसको आफ्नो ११औँ शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका वडा नं.५ कुमारीपाटीमा रहेको केएम कम्प्लेक्समा शुक्रबारदेखि ११औँ शाखा सञ्चालनमा ल्याइएको हो । एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) की पूर्व अध्यक्ष भवानी राणाले सो शाखा उद्घाटन गरेकी हुन् ।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष राणाले फेसियल हाउसले एकपछि अर्को सफल शाखाहरू सञ्चालन गर्दै आएकोमा खुसी प्रकट गर्दै शुभकामना व्यक्त गरिन् । यो सफलतासँग फेसियल हाउसकी सुष्मा महरा मात्र नभइ स्वदेश तथा विदेशमा रोजगारीको खोजी गरिरहेका युवायुवतीहरू समेत जोडिएको उनले बताइन् ।
‘सुष्माजीले गरेको मेहनतबाट अरु धेरै महिलाहरू प्रभावित हुनुहुन्छ । यो राम्रो काम मात्रै होइन रोजगारी सृजनासमेत भएको छ,’ उनले भनिन्, ‘रोजगारीको खोजी गर्दै धेरैजसो युवायुवतीले वैदेशिक बाटो रोजिरहेको अवस्थामा एउटी महिलाले सञ्चालन गरेको व्यवसायमार्फत २०० भन्दा बढीलाई रोजगारी दिने कुरा सामान्य होइन, यसका लागि पनि सुष्माजीलाई धेरै धन्यवाद, धेरै बधाई ।’
ललितपुरको पाटनढोका, जावलाखेल र लगनखेलजस्ता स्थानसँग जोडिएको कुमारीपाटी व्यस्त व्यावसायिक केन्द्र हो । कुमारीपाटी रहेको वडामा महालक्ष्मी देवीको मन्दिर, सानो दक्षिणकाली मन्दिर, लोकेश्वर, जगन्नाथ शिवालयलगायत धार्मिक स्थलहरू रहेका छन् । जसले व्यावसायिक गतिविधिलाई समेत टेवा पु¥याउँदै आएको छ ।
सुन्धारास्थित काठमाडौं मलमा मुख्य कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावरका साथै देशमा मुख्य–मुख्य सहरहरू चितवन (सीजी ल्यण्डमार्क), पोखरा (ट्रेड मल), इटहरी (सेन्ट्रल प्लाजा), धनगढी (बसपार्क), नेपालगञ्ज (न्यूरोड), सुर्खेत (न्यूरोड) लगायत स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी गराइन् ।
यस्तै, फेसियल हाउस एकेडेमी र चितवन फेसियल हाउस एकेडेमी पनि सञ्चालनमा रहेको जानकारी उनले दिइन् ।
प्रतिक्रिया