एमालेको दोस्रो विधान महाधिवेशन : आज अध्यक्ष ओलीले जवाफ दिएपछि सकिँदै

आइतबार, २२ भदौ २०८२, ०८ : २९

काठमाडौं– नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज सकिँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनदेखि जारी महाधिवेशन आज सकिन लागेको हो । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ । 

महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ । विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो ।

कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न सुरु गरिएको छ । प्रतिवेदन आइतबार प्रत्येक समूहका टोली नेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन् ।

आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची पनि रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

 
 
आइतबार, २२ भदौ २०८२, ०८ : २९

प्रतिक्रिया