बूढानिलकण्ठस्थित निवासमै कुटिए देउवा दम्पती

मंगलबार, २४ भदौ २०८२, १६ : १५

काठमाडौं- जेनजी पुस्ताका प्रदर्शनकारीहरुले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् ।

मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले बूढानिलकण्डस्थित आगलागी भएको घरभित्रै लुकेर बसेका देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्न खोज्दा प्रदर्शनकारीले अवरोध गरेपछि उद्धार हुन सकेको थिएन । घरभित्रै लुकेर बसेका उनीहरुलाई प्रदर्शनकारीले कुट्दै बाहिर निकालेका छन् ।

 
 
मंगलबार, २४ भदौ २०८२, १६ : १५

प्रतिक्रिया