काठमाडौं– माओवादी पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष बिराज थापाले अब ढिलाई नगरी प्रचण्ड र उनको पुस्ताले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन्। अब पनि जनताको भावना र योगदानलाई सम्मान नगरेर सक्रिय राजनीतिमा फर्कने कोसिस गरेमा विद्यार्थी संगठनबाटै विद्रोह सुरु हुने चेतावनी पनि उनीले दिएका छन्।
साथै उनले विगतको योगदानको कदर गर्दै आजको सन्दर्भमा नेतृत्व परित्याग गर्नु नै बुद्धिमतापूर्ण हुने सुझाए । यदि त्यसो गर्न नसके पार्टीले निर्णय गरेर बहिर्गमन गर्नुपर्ने उनको जिकिर छ । उनले भने,‘ पहिलो कुरा अध्यक्ष प्रचण्डले आफैं बुझ्नुपर्यो , उहाँ अब आउट डेटेड भइसक्नुभएको छ । अबको पिढीले स्वीकार्न सक्दैन । ’
साथै, उनले प्रचण्ड परिवारको विलासी जीवनले पनि अहिलेको अवस्था निम्त्याएको सहजै स्वीकारे । त्यसै कारण पनि तीन दलका सबै नेताहरुले नेतृत्व छाड्नुपर्ने आवश्यकता औंल्याए ।
उनै नेता र नेतृत्व फेरी फर्कने कोसिस गरेमा हामी कोही पनि उनीहरुसँग सति जान नसक्ने उनले चेतावनी दिएका हुन। प्रचण्डले मार्ग प्रशस्त नगरे पार्टीले हटाउनु पर्ने, पार्टीले नसके कार्यकर्ताले हटाउन पर्ने, कार्यकर्ताले नसके फेरी जनता बाटै विद्रोह हुने संकेत उपाध्यक्षले दिएका हुन्। अहिले माओवादी पार्टी भित्र विद्रोहको ज्वाला बल्दै गाएको छ। कार्यकर्ताको मनोवल बढाउन पनि नेतृत्वले सन्यास लिन पर्ने मत बलियो बन्दै गएको छ।
त्यस्तै अखिल(क्रान्तिकारी)कै युवा नेता सुमित थापाकाजीले प्रचण्डलाई जतिसक्दो यो आन्दोलन र नेपाली राजनीतिबाट बिदाई गर्नु पार्टी र देशको हितमा भएको बताए। अहिलेको अन्तरिम सरकारले भ्रस्टाचारको छानविन प्रचण्ड बाटै सुरुवात हुन पर्ने माग राखेका छन्। प्रचण्डको परिवारजनका सदस्यको विलासी जीवनका कारण पनि यो देशले ठूलो क्षति बेहोर्न परेको थापाले बताए ।
प्रतिक्रिया