काठमाडौं– जेनजीको आन्दोलनका क्रममा ध्वस्त बनेको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो पटक नेकपा(एमाले)कोे बैठक बसेको छ ।
बुधबार पार्टी कार्यालयमा जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको जनसंगठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज, अध्यक्ष र केन्द्रीय विभाग प्रमुखहरूको संयुक्त बैठक बसेको हो ।
असोज ३ गते केन्द्रीय कार्यालयमा आयोजना हुने संविधान दिवस समारोहको तयारीबारे छलफल भएको नेताहरुले बताएका छन् ।
बैठकमा महासचिव शंकर पोखरेललगायतका नेताहरू सहभागी छन् ।
_clru2nzadw_CC3D8dn9XE.jpg)
_j5a6rb4fgw_G9SDPh1Qxz.jpg)
_hq0fqtjgzj_EvqkRMqR5X.jpg)
प्रतिक्रिया