काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृती भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया